कञ्चनपुरमा भारतीय दूतावासको सहयोगमा विद्यालय भवन निर्माण हुने

नेपालभ्युज

कञ्चनपुरमा भारतीय दूतावासको सहयोगमा विद्यालय भवन निर्माण हुने
सांकेतिक तस्वीर ।

कञ्चनपुर । वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयको भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ ।

भवन बनाउन दूतावासले चार करोड ९९ लाख ९८ हजार ६४० रुपैयाँ प्रदान गर्ने वेदकोट नगरप्रमुख भोजराज बोहराले बताए ।

‘दूतावासमा उदयदेव र शारदा माध्यमिक विद्यालय भवन निर्माणका लागि प्रस्ताव पेस गरेका थियौँ,’ उनले भने, ‘उदयदेवको भवन निर्माणका लागि प्रस्ताव स्वीकृत भएको छ ।’

विद्यालय भवन निर्माणको १० प्रतिशत लागत पालिको बेहोर्ने उनले बताए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved