रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो

नेपालभ्युज

रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो
फाइल तस्वीर ।

काठमाडौं । सहारा सहकारीको रकम हिनामिना मुद्दामा थुनछेक बहस नसकिएपछि रास्वपाका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ ।

चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउन आदेश दिएको हो ।

उनलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश दिइएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

बुधबार सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका छन् ।

आजलाई बहसको सिलसिला बिट मारिएको र भोलि बिहानबाट पुनः बहस सुरु हुनेछ । लामिछानेको बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved