सभामुख घिमिरेले छलफलका लागि भन्दै प्रमुख सचेतकहरूलाई बोलाए

नेपालभ्युज

सभामुख घिमिरेले छलफलका लागि भन्दै प्रमुख सचेतकहरूलाई बोलाए

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।

बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकका एजेन्डाबारे छलफलका लागि सभामुखले प्रमुख सचेतकहरूलाई बोलाएको संसद् सचिवालयले जनाएको छ ।

उनले अध्यादेश लगायतका विषयमा छलफल गर्न भन्दै प्रमुख दलका प्रमुख सचेतकहरूलाई बोलाएका हुन् । बैठक आज (बुधबार) दिउँसो ३ बजे सिंहदरबारमा बस्ने जनाइएको छ ।

नेपाली काङ्ग्रेसमा संसदीय दलको प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेमा महेश बर्तौला, नेकपा माओवादी केन्द्रमा हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा ज्ञानेन्द्र शाही प्रमुख सचेतक रहेका छन् ।

प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यतिबेला सरकारले ल्याएका अध्यादेशको माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूले चर्को विरोध गरिरहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved