काठमाडौं उपत्यकाव्यापी कविता प्रतियोगिता सम्पन्न, प्राग्यिक खतिवडा प्रथम

नेपालभ्युज

काठमाडौं उपत्यकाव्यापी कविता प्रतियोगिता सम्पन्न, प्राग्यिक खतिवडा प्रथम

काठमाडौं ।  काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेसन र इष्ट पोल माद्यमिक विद्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा

उज्ज्वल तारा विद्यालयकी प्राग्यिक खतिवडा प्रथम भएकी छन् । उनले ‘मेरो देश’ शीर्षकको कविता वाचन गरेकी थिइन् ।

प्रतियोगितामा रिपुमर्दिनी सैनिक महाविद्यालयकी संस्कृति पौडेल द्वितीय र श्री नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयका पंकज विनाडी तृतीय भएका छन् । पौडेलले ‘मेरो देश मेरो प्राण’ र विनाडीले ‘के छैन नेपालमा’ शीर्षकको कविता वाचन गरेका थिए ।

वरिष्ठ कवि प्रभा भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फाउन्डेसनका अध्यक्ष शान्ता शिवाकोटीले अध्यक्षता गरेकी थिइन् । कार्यक्रममा अभिनभ साहित्य समाजका अध्यक्ष गोविन्द वेदमणी घिमिरे विशेष अतिथि थिए भने रत्न राज्य माध्यमिक विद्यालयका पूर्व प्राचार्य डा गीता शिवाकोटी, पाटन उच्च अदालतका पूर्व न्यायाधिश शेषराज शिवाकोटी र पद्मकन्या माद्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ईश्वर सापकोटा अतिथि थिए ।

प्रतियोगितामा उपत्यकाका २८ विद्यालयका विद्यार्थीहरुले भाग लिएको आयोजकले जनाएको छ  । विजयी विद्यार्थीहरुलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । अन्य सहभागीहरुलाई पनि सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved