माओवादी कार्यालयको मुख्य सचिवमा पुन, प्रचण्डको प्रमुख स्वकीय सचिवमा आचार्य

नेपालभ्युज

माओवादी कार्यालयको मुख्य सचिवमा पुन, प्रचण्डको प्रमुख स्वकीय सचिवमा आचार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पार्टी कार्यालयको मुख्य सचिवको जिम्मेवारी स्थायी समिति सदस्य गणेशमान पुनलाई दिएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले  यसअघिका मुख्य सचिव श्रीराम ढकाल बाहिर गएकाले पुनलाई जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।

यस्तै  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख स्वकीय सचिवको जिम्मेवारी गोविन्द आचार्यलाई दिइएको छ ।

यसअघिका स्वकीय सचिव  रमेश मल्ललाई उपत्यका विशेष प्रदेशको सहइन्चार्जको जिम्मेवारी दिइएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved