बुढासुब्बा गोल्डकप : भुटानको आरटीसी क्लब सेमिफाइनलमा

नेपालभ्युज

बुढासुब्बा गोल्डकप : भुटानको आरटीसी क्लब सेमिफाइनलमा

काठमाडौं । २५औं संस्करणकाे बुढासुब्बा गोल्डकपमा राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै भुटानको आरटीसी फुटबल क्लब  सेमिफाइनलमा प्रवेश गरेको  छ ।

धरान रंगशालामा सोमबार भएको खेलमा आरटीसीले जागृतिलाई ४–१ गोलले पराजित गरेको हो  । अब आरटीसीले फाइनल प्रवेशका लागि चर्च ब्वाइजसँग खेल्नेछ । प्रतियाेगिताकाे अन्तिम क्वाटरफाइनल खेलमा मंगलबार  एनआरटी  र झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच खेल हुनेछ । यसको विजेताले सेमिफाइनलमा भारतको युके एफसीसँग भिड्नेछ ।

प्रतियोगिताको फाइनल खेल आगामी  शनिवार हुनेछ । गोल्डकप विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved