ताप्लेजुङबाट अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ

नेपालभ्युज

ताप्लेजुङबाट अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ
सांकेतिक तस्वीर ।

फुङ्लिङ । ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका–१ निवासी ४० वर्षीय बिर्खराज राई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले राईले आफ्नै घरमा अवैध रूपमा बन्दुक लुकाएर राखेको सूचनाका आधारमा आइतबार उनलाई पक्राउ गरिएको बताए ।

प्रहरी निरीक्षक रवि रावल नेतृत्वको टोलीले राइको घरभित्र लुकाई राखेको भरुवा बन्दुक फेला पारेको उनले जानकारी दिए । राईमाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाइएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved