सहकारी ठगी : म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप

नेपालभ्युज

सहकारी ठगी : म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप

काठमाडौं। सहकारी ठगीको आरोपमा पक्राउ परेका म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाविरुद्ध तीन दिन म्याद थप भएको छ ।

आइतबार पक्राउ परेका थापालाई म्याग्दी जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्युठान प्रहरीले जनाएको छ ।

आइतबार पक्राउ परेका थापालाई म्याद थपका लागि प्रहरीले सरकारी वकिल कार्यालय हुँदै म्याग्दी जिल्ला अदालत पुर्‍याएको थियो ।

थापासहितका व्यक्तीले कुमारी सहकारी संस्थाको डेढ अर्ब बढी रकम अपचलन गरेको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved