काङ्ग्रेसका नगर सभापति मृत भेटिए

नेपालभ्युज

काङ्ग्रेसका नगर सभापति मृत भेटिए

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नेपाली काङ्ग्रेसका नगर सभापति अच्युत कलौनी मृत भेटिएका छन् ।

उनी शनिबार बिहान भीमदत्त– १८ स्थित वडा कार्यालयनजिकै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

सडकपेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव भेटिएको तस्वीर सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।

मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved