गाडिएको अवस्थामा बालिकाको शव भेटिएको घटना : ६ जना पक्राउ

नेपालभ्युज

गाडिएको अवस्थामा बालिकाको शव भेटिएको घटना : ६ जना पक्राउ

काठमाडौं । प्रहरीले मोरङमा गाडिएको अवस्थामा बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मावल घरतर्फका हजुरबुवा ५५ वर्षीय सर्जुक मण्डल, ३५ वर्षीय रामबाबु मण्डल, ४० वर्षीया उर्मिला मण्डल, ४५ वर्षीया जानकी मण्डल, १७ वर्षीया अञ्जली मण्डल र ६० वर्षीया बतासी मण्डल छन् ।

भारतको बिहारस्थित छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिनाअघि आफ्नै आमा राजकुमारी र बुवा लालमोहन यादवसँगै मावला घर विराटनगर आएकी थिइन् ।

चाँदनीलाई मावल घरमा छाडेर उनका आमा राजकुमारी र बुवा लालमोहन भारत फर्केका थिए ।

केहीदिन यता चाँदनी गाउँमा नदेखेपछि स्थानीयले सोधखोज गरेका थिए ।

घटना शङ्कास्पद लागेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले बालिका चाँदनीको खोजतलास गरेका थिए ।

खोजी गर्ने क्रममा मावल घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved