छायाङ्कनको क्रममा बाल्कोनीबाट खसेर पोर्नस्टारको मृत्यु

नेपालभ्युज

छायाङ्कनको क्रममा बाल्कोनीबाट खसेर पोर्नस्टारको मृत्यु

काठमाडौं । अन्ना पोली भनेर चिनिने ओन्ली फ्यान्स स्टार अन्ना बिट्रिज परेरा अल्भेसको होटलको बाल्कोनीबाट खसेर मृत्यु भएको छ ।

२७ वर्षीया अल्भेसकाको दुई पुरुष सह-कलाकारहरूसँग एक्स-रेटेड दृश्यहरू खिचिरहेको बेलामा बाल्कोनीबाट खसेर मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटना जनवरी २३ को हो ।

उनको शव रियो दि जेनेरियोको उत्तर-पश्चिम नोभा इगुआकुको अपार्टहोटलको आँगनमा फेला परेको द यूएस सनले जनाएको छ ।

ब्राजिल प्रहरीले रहस्यमय मृत्यु भन्दै अनुसन्धान सुरु गरेको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप खुल्ने डेलीमेलले जनाएको छ ।

उनका प्रेमी पेड्रो हेनरिकले केसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

सँगै रहेका उनका दुई पुरुष सह-कलाकारले घटनाबारे विवादास्पद बयान दिएका छन् ।

प्रहरीले अनुसन्धानका क्रममा होटलका सीसीटीभी फुटेज विश्लेषण गरिरहेको र कर्मचारीसँग पनि सोधपुछ गरेको बताइएको छ । प्रहरीले अनुसन्धानको क्रममा अन्नाको मोबाइल पनि हेरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved