काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो निलम्बन फुकुवा गरिदिन आग्रह गरकेा छन् ।
शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर लामिछानेले आफ्नो निलम्बन फुकुवाका लागि निवेदन समेत दिएका छन् ।
भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि सहभागी थिए । लामिछानेले आजको बैठकबाटै निलम्बन फुकुवा गरिदिन सभामुखलाई निवेदन दिएका छन् ।
निवेदनमा रविले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निलम्बन कानुन सम्मत नभएको भन्दै आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् ।
निवेदन बुझेपछि जवाफमा सभामुख घिमिरेले आफूले कसैको दबाबमा नभइ विद्यमान कानन, संसद् नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताए ।
सभामुख घिमिरेले आज संसद् सुरु हुनै लागेकाले समय नभएको भन्दै लामिछानेको निवेदनबारे आफूले थप छलफल र परामर्ष गर्ने बताएका थिए ।


Facebook Comment
Comment