ओखलढुङ्गा दुर्घटना : फरार चालक भक्तपुरमा उपचाररत अवस्थामा भेटिए

नेपालभ्युज

ओखलढुङ्गा दुर्घटना : फरार चालक भक्तपुरमा उपचाररत अवस्थामा भेटिए

काठमाडौं । ओखलढुङ्गामा सुमो दुर्घटना भएपछि फरार रहेका चालक भक्तपुरबाट पक्राउ परेका छन् ।

बिहीबार मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित भँडारेखोलामा सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो ।

केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने फरार थिए ।

खोजी गर्ने क्रममा उनी भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचाररत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पण्डितको हात, अनुहार र छातीमा चोट लागेको छ ।

प्रहरीले सोधपुछ गर्ने तयारी गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारीअनुसार पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७ः३० बिरामी लिएर काठमाडौं हिँडेको थियो ।

आगलागीमा परी गम्भीर घाइते भएकी माया गुरुङलाई लिएर काठमाडौं जाँदै गरेको सुमो राति दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved