काठमाडौं । सभापति कप फुटबल प्रतियोगिताअन्तर्गत आज (सोमबार) पहिलो सेमिफाइनल खेल हुँदैछ ।
सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेशका लागि मैदानमा उत्रँदै छन् । खेल साँझ ५ः३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
सङ्कटाले उद्घाटन खेलमा चर्च ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
यसैगरी मच्छिन्द्रले आफ्नो पहिलो खेलमा विभागीय क्लब एपीएफलाई १– ० को अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान बनाएको हो ।
मंगलबार हुने दोस्रो सेमिफाइनलमा आयोजक बागमती लोकतान्त्रिक र न्युरोड टिम (एनआरटी) भिड्ने छन् ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा जारी प्रतियोगिताको विजेतालाई नगद २६ लाख र उपविजेतालाई १३ लाख रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितामा प्रत्येक खेल खेल्ने दुवै टोलीलाई ’म्याच मनी’स्वरुप ५० हजार रुपैयाँसमेत प्रदान गरिएको छ ।
Facebook Comment
Comment