माओवादी अवरोधका कारण कर्णाली प्रदेशसभाको बैठक स्थगित

नेपालभ्युज

माओवादी अवरोधका कारण कर्णाली प्रदेशसभाको बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभा बैठकमा माओवादी केन्द्रले अवरोध गरेको छ ।

वार्षिक दश हजारलाई रोजगारी दिने कार्यक्रम सरकारले अलपत्र पारेको भन्दै आइतबार माओवादीका सांसदले बैठकमा अवरोध गरेका थिए ।

सुरुवातमै माओवादी केन्द्र संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका जनतालाई रोजगारी दिने गरी अघि सारिएको कार्यक्रम कार्यान्वयनमा सरकार जिम्मेवार नभएको भन्दै विरोध जनाएपछि आधा घण्टाका लागि बैठक  स्थगित गरिएको थियो ।

माओवादीको अवरोधपछि सहमतिको प्रयासमा सर्वदलीय बैठक बसिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved