गगन थापाको दाबी – आजै प्रधानमन्त्री बनाए पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउँछु

नेपालभ्युज

गगन थापाको दाबी – आजै प्रधानमन्त्री बनाए पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउँछु

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आफूसँग अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्नसक्ने भिजन रहेको बताएका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आजै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने उनको दाबी छ ।

थापाले भने, ‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्रीभन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्नकुरा म अहिले पनि विश्वास गर्दछु । आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दाबाका साथ भन्न सक्छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved