सेयर बजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम ९ अर्बमाथि 

नेपालभ्युज

सेयर बजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम ९ अर्बमाथि 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।

आज नेप्से परिसूचक १० दशमलव ४१ अङ्कले घटेर २६४३ दशमलव ९३ को विन्दुमा पुगेको छ ।

आइतबार ३१८ कम्पनीका ९४ हजार ८१३ पटकको कारोबारमा १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँ रहेको छ ।

११६ कम्पनीका सेयर मूल्य बढ्दा १२१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज सप्तकोशी विकास बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved