एपीएफकी कप्तान इन्दु ‘प्लेयर अफ द टुर्नामेन्ट’

नेपालभ्युज

एपीएफकी कप्तान इन्दु ‘प्लेयर अफ द टुर्नामेन्ट’

काठमाडौं । एपीएफकी कप्तान इन्दु बर्मा प्रधानमन्त्री कप महिला क्रिकेटको ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएकी छिन् ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफलाई जिताउन इन्दुले २ विकेट पनि लिएकी थिइन् ।

प्रतियोगितामा उनले ६ खेलमा १७२ रन बनाउनुका साथै ५ विकेट लिइन् । उनले ५० हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

६ म्याचमा २०९ रन बनाएकी एपीएफकी ममता चौधरी बेस्ट ब्याटर घोषित भइन् । यससँगै उनले २५ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

५ खेलमा १० विकेट लिएकी बागमतकी मनिषा उपाध्याय बेस्ट बलर घोषित भइन् । यससँगै उनले २५ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

फाइनल खेलमा एपीएफका लागि ३ विकेट लिएकी कविता जोशी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । यससँगै उनले ३ हजार रुपैयाँ पनि प्राप्त गरिन् ।

फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved