काठमाडौं । बुढानीलकण्ठका एक पुरुष दुई सातादेखि सम्पर्कविहीन छन् ।
बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल निवासी ४० वर्षीय पवन थापा गत पुस २५ गतेदेखि सम्पर्कविहीन रहेको पारिवारिक स्रोतले बताएको छ ।
गहुँगोर वर्ण, ५.५ फिट अग्ला पवन अन्तिम पटक तारेभीर रिसोर्टमा देखिएका थिए ।
कालो र हरियो ज्याकेट तथा खैरो ट्राउजर लगाएका उनी सो रिसोर्टमा स्कुटर पार्क गरेर तलतिर लागेको सीसीटीभी फुटेजमा देखिन्छ । साथै, उनले केही सामान पर्खालबाट तल फालेको र पछि तल गएर सो सामान टिपेको पनि देखिन्छ ।
परिवारकाअनुसार पवनसँग मोबाइल मात्र रहेको र उक्त मोबाइल अन्तिम पटक तारेभीर क्षेत्रमा पुस २५ गते दिउँसो १ बजेतिर स्वीच अफ भएको थियो ।
उनलाई कसैले देखे नजिकको प्रहरी कार्यालयमा अथवा ९८६०९६८२५३, ९८४९१६०३९९, ९८४०४५०२२२ सम्पर्क गरी जानकारी गराउन परिवारले आग्रह गरेको छ ।

Facebook Comment
Comment