टाइगर कप भलिबल : एपीएफले ट्राभल इनक्वारीलाई हरायो

नेपालभ्युज

टाइगर कप भलिबल : एपीएफले ट्राभल इनक्वारीलाई हरायो

काठमाडौं। पाँचौं टाइगर कप भलिबलमा महिलातर्फ एपीएफ क्लबले ट्राभल इनक्वारी क्लबलाई पराजित गरेको छ ।

पोखरामा शनिबार भएको उद्घाटन खेलमा एपीएफले ट्राभललाई ३–२ को सेटमा पराजित गरेको हो ।

पहिलो र दोस्रो सेट गुमाएको एपीएफले त्यसपछिका तीन सेट लगातार जितेको हो ।

एपीएफ पहिलो सेटमा २१–२५ र दोस्रो सेटमा २०–२५ ले पराजित भएको थियो । तेस्रो सेटमा २५–१९, चौथोमा २५–२० र पाँचौंमा १५–७ ले एपीएफले जित हासिल गर्‍यो ।

महिला र पुरुषतर्फ ६ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved