प्रधानमन्त्री कप

उपाधिका लागि एपीएफलाई ६८ रनको लक्ष्य, कविताले लिइन् ३ विकेट

नेपालभ्युज

उपाधिका लागि एपीएफलाई ६८ रनको लक्ष्य, कविताले लिइन् ३ विकेट

काठमाडौं । महिला प्रधानमन्त्री कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले एपीएफलाई ६८ रनको लक्ष्य दिएको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम १८.१ ओभरमा ६७ रन बनाएर अलआउट भएको हो ।

कप्तान विन्दु रावलले १७ रन बनाइन् । मनिषा बोहराले १८ अविजित रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

एपीएफका लागि कुविता कुँवरले ३ विकेट लिइन् । कप्तान इन्दु बर्मा र सबनम राईले  २–२ तथा करुणा भण्डारी र कविता जोशीले १ विकेट लिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved