बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

नेपालभ्युज

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

बैतडी । सिगास गाउँपालिका–१ माडौँमा शनिबार बिहान भएको जीप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार जिल्लाको सिगास गाउँपालिका–१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सिगास–१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् ।

उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जीपका चालक फरार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved