जसपा केन्द्रीय समितिको बैठक जारी

नेपालभ्युज

जसपा केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक जारी छ ।

वीरगञ्जको पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक बसिरहेको उपमहासचिव प्रदीप यादवले जानकारी दिए ।

बैठकमा विभिन्न राजनीतिक, सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय अध्यक्ष राई, सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष नवलकिशोर साह सुडी, उपाध्यक्ष सुशीला श्रेष्ठ, उपाध्यक्ष रनध्वजकन्दनवा लिम्बू, महासचिव मोहम्मद इश्तियाक राई, उपमहासचिव प्रदीप यादव, सचिव वीरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झालगायत सहभागी छन् ।

बैठक आज र भोलि गरी दुई दिनसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved