यी हुन् हमासले आज रिहा गर्ने चार बन्धक

नेपालभ्युज

यी हुन् हमासले आज रिहा गर्ने चार बन्धक

काठमाडौं । हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिने इजरायली बन्धकहरूको दोस्रो सूची जारी गरेको छ ।

युद्धविराम सम्झौताअन्तर्गत हमासले शनिबार चार इजरायली बन्धकहरूलाई रिहा गर्ने बताएको छ । हमासले यी चार बन्धकको नाम पनि खुलाएको छ ।

हमासले यी चार जना इजरायली सैनिक भएको बताएको छ, जसको नाम करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग रहेको छ ।

यी चार इजरायली सैनिकलाई १८० प्यालेस्टिनी कैदीको सट्टामा रिहा गरिने छ ।

गत आइतबार लागू भएको गाजा युद्धविराम सम्झौताअन्तर्गत बन्धक र बन्दीहरू आदानप्रदान भएको यो दोस्रो पटक हो ।

पहिलो पटक हमासले ९० प्यालेस्टिनी बन्दीहरूको सट्टामा तीन बन्धकहरूलाई रिहा गरेको थियो ।

अक्टोबर ७, २०२३ मा इजरायलमा हमासले आक्रमण गरेको थियो, जसमा १२०० इजरायली मारिएका थिए । यस हमलामा हमासले २५१ इजरायलीलाई बन्धक बनाएको थियो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हमासको आक्रमणपछि इजरायलले गरेको जवाफी कारबाहीमा ४७,२०० प्यालेस्टाइनीको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved