सभापति कपमा आज आयोजक र पुलिस भिड्दै

नेपालभ्युज

सभापति कपमा आज आयोजक र पुलिस भिड्दै

काठमाडौं । सभापति कप फुटबल प्रतियोगितामा आज (शनिबार) लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश र विभागीय नेपाल पुलिस क्लब भिड्दैछन् ।

खेल साँझ साढे ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश आयोजक टोली हो ।

आजको विजेताले आइतबार हुने फ्रेन्ड्स क्लब र एनआरटीको विजेतासँग मंगलबार सेमिफाइनल खेल्नेछ ।

अहिलेसम्म संकटा र मच्छिन्द्र फुटबल क्लबले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा माघ १७ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उदीयमान खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान नगद गरिने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved