काभ्रेभञ्ज्याङमा फर्निचरसहित दुई घर जले : श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नेपालभ्युज

काभ्रेभञ्ज्याङमा फर्निचरसहित दुई घर जले : श्रीमतीको मृत्यु, श्रीमान् घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका साथै एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार शुक्रबार राति ९ः३० बजे उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा सोही उद्योगका कामदार काठमाडौंको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेकी ७० वर्षीया वृद्धा टीकादेवी दङ्गालको जलेर मृत्यु भएको हो ।

आगलागीमा घाइते भएका उनका श्रीमान् तोयानाथ दङ्गालको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

उद्योगबाट सुरु भएको आगोबाट नजिकका कृष्ण विकको कच्ची घर तथा धु्रवबहादुर विकको जस्तापाताको टहरोसमेत जलेका छन् । उक्त आगलागी पाँचवटा दमकलको सहायताबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा पौने दुई बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले बताए ।

आगलागीबाट उद्योगको रू ८० लाख, अन्य दुई घरको रू १० लाख बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कनबाट देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पताल लगिएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved