अखिल क्रान्तिकारीमा नयाँ नेतृत्वको कसरत : आज मतदान हुँदै

नेपालभ्युज

अखिल क्रान्तिकारीमा नयाँ नेतृत्वको कसरत : आज मतदान हुँदै
फाइल तस्वीर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज (शनिबार) मतदान हुँदैछ ।

संगठनको २३औं सम्मेलनबाट सर्बसम्मत हुन नसकेपछि आज मतदानमार्फत नयाँ नेतृत्व छान्ने कसरत भइरहेको हो ।

साँझ ६ बजेसम्म हुने मतदानबाट अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्य छानिने छन् । आजै रातिदेखि मत गणना सुरु गरिने अखिल क्रान्तिकारीले जनाएको छ ।

अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा प्रतिस्पर्धामा छन् ।

३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

यस्तो छ उम्मेदवारको अन्तिम नामावली :

अखिल क्रान्तिकारीको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved