२ लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल

नेपालभ्युज

२ लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल

काठमाडौं । उच्च अदालत पाटनले सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झाँक्री प्रकाश भुजेललाई  धरौटीमा  रिहा गर्न आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले  बिहीबार झांक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतको आदेशपछि भुजेल धरौटी बुझाएर रिहा भएको काठमाडौं प्रहरीले जनाएको छ ।

गत २८ कात्तिकमा भुजेलले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिँदा कागेश्वरी मनोहरा-२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटीको उपचारका क्रममा  मृत्यु भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved