टीभीएसको स्किल फेस्ट : प्राविधिकको क्षमता बढाउने लक्ष्य

नेपालभ्युज

टीभीएसको स्किल फेस्ट : प्राविधिकको क्षमता बढाउने लक्ष्य

काठमाडौं । टीभीएस मोटर कम्पनीले काठमाडौंमा राष्ट्रिय स्तरको सीप प्रतियोगिता आयोजना गर्दै नेपालका उत्कृष्ट ३० टेक्नीसियनहरूलाई प्रतिस्पर्धाका लागि एकै मञ्चमा उभ्याएको छ ।

नेपालभरिबाट छानिएका ३० प्रतिभाशाली टेक्नीसियनहरूले टीभीएस मोटर्सको अटोमोटिभ क्षेत्रमा आफ्नो सिप, ज्ञान, र दक्षताको प्रदर्शन गरेका छन् । प्रतिस्पर्धाबाट उत्कृष्ट ५ टेक्नीसियनहरू छनोट गरिनेछ, जो भारतको बेंगलोरमा आयोजित एसिया स्तरको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

कार्यक्रमको मुख्य उद्देश्य विश्वव्यापी टेक्नीसियनहरूको ज्ञान आदानप्रदान, नवीनतम प्रविधिको उजागर, र मोटरसाइकल उद्योगमा सेवा स्तरलाई नयाँ उचाइमा पुर्‍याउनु रहेको थियो । प्रतियोगितामा टीभीएस मोटरसाइकलको प्रविधि, जटिल समस्या समाधान, र ग्राहक सेवा सीपका आधारमा प्रतिस्पर्धीहरूको परीक्षण गरिएको थियो ।

यो प्रतियोगिता प्राविधिक दक्षता मात्र नभई सहकर्मी र उद्योग विशेषज्ञहरूसँग प्रत्यक्ष सिक्ने उल्लेखनीय अवसर रहेको बताइएको छ ।

कम्पनीले सवारी साधन उत्पादनमा मात्र नभई उत्कृष्ट सेवा प्रवाहमा पनि उच्च मापदण्ड कायम राख्ने प्रतिबद्धता प्रस्ट गरेको छ । कार्यक्रमले नेपालका टेक्नीसियनहरूको क्षमता र अटोमोटिभ क्षेत्रमा बढ्दो दक्षताको उजागर गर्दै नेपालको सेवा क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको वरिष्ठ महाप्रबन्धक (सर्भिस) अमरदिप मजुमदारले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved