वरिष्ठ अधिवक्ता त्रिपाठीविरूद्ध अदालतको अवहेलना मुद्दा

नेपालभ्युज

वरिष्ठ अधिवक्ता त्रिपाठीविरूद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध जिल्ला अदालत काठमाडौंमा अवहेलनाको मुद्दा दायर भएको छ ।

उदयपुरका दिलकुमार राईले मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।

सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिने न्यायाधीशको आलोचना गरेको विषयमा त्रिपाठीविरुद्ध मुद्दा दायर भएको हो । निवेदनमा त्रिपाठीलाई हदैसम्म कारबाही माग गरिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएपछि त्रिपाठीले कार्यक्षमताको अभाव देखिएको भनी टिप्पणी गरेका थिए ।

यस विषयमा बहालवाला न्यायाधीशहरूले संस्थागत विज्ञप्ति जारी गरी आपत्ति जनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved