रेल दुर्घटनामा मृत्यु भएका ७ नेपालीका परिवारले जनही साढे ६ लाख भारू पाउने

नेपालभ्युज

रेल दुर्घटनामा मृत्यु भएका ७ नेपालीका परिवारले जनही साढे ६ लाख भारू पाउने

काठमाडौं । भारतको महाराष्ट्र राज्यमा भएको रेल दुर्घटनामा परी मृत्यु भएका सात नेपालीका परिवारले जनही साढे ६ लाख भारतीय रुपैयाँ (१० लाख ४० हजार रुपैयाँ) पाउने भएका छन् ।

सबै मृतकका परिवारलाई भारतको केन्द्र सरकारले जनही १ लाख ५० हजार र महाराष्ट्र सरकारले ५ लाख भारू दिने घोषणा गरेका हुन् ।

केन्द्र सरकारले ५० हजार क्यास तथा बाँकी बैंकमा जम्मा गरिदिने जनाएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार महाराष्ट्रस्थित जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा बिहीबार साँझ भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने दजनौं घाइते भएका छन् । ज्यान गुमाउनेमा सात नेपाली पनि परेका हुन् । यस्तै दुर्घटनामा परी चारजना नेपाली घाइते भएका छन् ।

मृत्यु हुनेमा अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी र कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छन् ।

त्यस्तै, डुडुवा, बाँकेका राधेश्याम राध र मधेस प्रदेशको नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् ।

महाराष्ट्र सरकारले शव घरसम्म पुर्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिदिएको प्रवासी नेपाली संघ भारत महाराष्ट्र पश्चिम मुम्बई नगर समितिका अध्यक्ष मनीषकुमार भूमिले जानकारी दिए ।

यसैबीच कैलालीकी कमला भण्डारीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । नन्दराम विकसहित उनका परिवारको शव भारतको पुणेमा अन्तिम संस्कार गरिने छ ।

जयकला कामीको शव अछामको सिउँडी ल्याइने तयारी भएको जनाइएको छ ।

दुर्घटनामा घाइते भएका मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ ।

महाराष्ट्र रेल दुर्घटना : मृत्यु हुने नेपालीको सङ्ख्या सात पुग्यो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved