काठमाडौं । नेता वामदेव गौतम नेकपा एमालेमा प्रवेश गर्ने तरखरमा छन् ।
यही बेला एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले वामदेवको चर्को आलोचना गरेका छन् ।
राजेन्द्रले वामदेवको कारण विगतमा एमालेले ठूलो दु:ख खेप्नुपरेको आरोप लगाएका छन् । वामदेव ठीक ठाउँमा उभिएको भए तत्कालीन नेकपा अदालतबाट नफुट्ने उनको तर्क छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको धनगढीमा आयोजित सामाजिक सञ्जालको प्रयोगसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हिजो पार्टी एकीकृत हुँदा वामदेव गौतमको कारणले सबैभन्दा बढी एमालेले दु:ख पाएको थियो । उहाँ ठीक ठाउँमा उभिएको भए पार्टी अदालतबाट भङ्ग हुनुपर्ने परिस्थिति नै आउने थिएन । उहाँकै कारणले कहिले कता कहिले कता गर्नुपर्यो । त्यसपछि भएता अभियान भनेर थाल्नुभयो । अहिले फर्केर पछाडि हेर्दा कोही नहुने अवस्था आएपछि पार्टीमा आउँछु भन्नुभयो ।’
अहिले पार्टीले गौतमसँग सहकार्य गर्ने मात्रै निर्णय गरेको उल्लेख गर्दै राजेन्द्रले हतारिएर एकता प्रक्रियामा नजाने बताए ।
पिँध नभएका वामदेव : एमालेलाई भित्र्याउन छैन हतार तर, भन्छन् – म एमालेको भइसकेँ
Facebook Comment
Comment