सुप्रिम सहकारी ठगी प्रकरण : दोस्रो दिनको थुनछेक बहस जारी

नेपालभ्युज

सुप्रिम सहकारी ठगी प्रकरण : दोस्रो दिनको थुनछेक बहस जारी
फाइल तस्वीर ।

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।

न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासमा बहस चलिरहेको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

बिहीबार सरकारी वकिल र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले पनि बहस गरेका थिए ।

अहिले जाहेरवालाको तर्फबाट बाँकी रहेका वकिलहरुले बहस गरिरहेका छन् । उनीहरुको बहस सकिएपछि रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्नेछन् ।

सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  ।

लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved