ट्रम्प भन्छन् – सी चिनफिङ महत्वाकांक्षी व्यक्ति

नेपालभ्युज

ट्रम्प भन्छन् – सी चिनफिङ महत्वाकांक्षी व्यक्ति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा कर लगाउने योजना सही भएको बताएका छन् ।

फक्स न्यूजसँग कुरा गर्दै उनले भने, ‘चीनले अमेरिकाबाट धेरै पैसा पाउँछ र त्यो पैसा आफ्नो सेनामा प्रयोग गर्छ ।’

फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको सम्बन्धबारे सोधिएको थियो ।

जवाफमा उनले सी सँगको हालैको कुराकानीलाई राम्रो र मित्रतापूर्ण भनेका छन् ।

उनले कोरोना महामारीअघि आफूहरूबीच ‘धेरै राम्रो सम्बन्ध’ रहेको बताए ।

उनले भने, ‘चीन महत्वाकांक्षी देश हो र उहाँ (राष्ट्रपति सी) एक महत्वाकांक्षी व्यक्ति हुनुहुन्छ । उहाँ मेरो साथी जस्तै हुनुहुन्थ्यो र हामीसँग धेरै राम्रो सम्बन्ध थियो ।’

ट्रम्पले हालै चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved