सुर्खेत । जाजरकोटमा एक १२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या गरेका छन् । जाजरकोटको बारेकोट गाउँपालिका–७ स्यालामा उक्त घटना भएको हो ।
बुधबार राति करिब १० बजेतिर ती बालकले बालिकाकाथि बलात्कारको प्रयास गरेका थिए । बालिकाले रोइकराइ प्रतिकार गर्दा बाककले धारिलो हतियारले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट खुलेको जाजरकोट प्रहरीले जनाएको छ ।
घटनामा संलग्न १२ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बिहीबार बिहान ५ बजे बालकलाई बारेकोट–६, ताँसीस्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
बालकलाई बाल निगरानी कक्षमा राखिएको जिल्ला प्रहरी जाजरकोटका सूचना अधिकारी दिनेश तिमल्सिनाले बताए ।
घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार (चक्कु) बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धान सकिएको र अब अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

Facebook Comment
Comment