नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला सर्वसम्मत

नेपालभ्युज

नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला सर्वसम्मत

काठमाडौं । नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार महाधिवेशन प्रतिनिधिले बास्तोलालाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो ।

महाधिवेशनले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको नवनिर्वाचित केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।

साउन १ गते क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएपछि नेकपा बहुमतले ९ औँ महाधिवेशन गरेको हो । माघ ५ गतेदेखि टियुमा सञ्चालित महाधिवेशनमा ८५० प्रतिनिधि सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved