बैङ्कमा थुप्रिएको पैसा रोजगारी सिर्जनामा खर्चिनुपर्छ : अर्थमन्त्री पौडेल

नेपालभ्युज

बैङ्कमा थुप्रिएको पैसा रोजगारी सिर्जनामा खर्चिनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्कमा थुप्रिएको रकम रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिमा खर्चिनुपर्ने बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैङ्कको ६० औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले तरलतालाई प्रतिफल आउने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्रमा देखा परेका समस्यालाई समाधान गर्दै सुधार गर्न परिणाममुखी काम भइरहेको बताए ।

सरकारमा रहेर औसत काम गरेर सूची बढाउने र दिन बिताउने पक्षमा आफूहरू नभएको भन्दै उनले दूरगामी महत्वका उपलब्धि हासिल गर्ने गरी काम गर्ने जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved