इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ

नेपालभ्युज

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

बर्दिया बढैयाताल गाउँपालिका–२ स्थायी घर भएर काठमाडौं टोखा बस्ने विनौद पौडेल पक्राउ परेका हुन् ।

एनसीबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गर्न एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते रेड नोटिस जारी भएको थियो ।

उनी मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved