प्रधानमन्त्री कप : एपीएफले बागमतीलाई १० विकेटले हरायो

नेपालभ्युज

प्रधानमन्त्री कप : एपीएफले बागमतीलाई १० विकेटले हरायो

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा एपीएफले बागमती प्रदेशमाथि रवाफिलो जित हासिल गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको सुपर फोरको खेलमा एपीएफले बागमतीलाई १० विकेटले पराजित गरेको हो ।

बागमतीले दिएको ४३ रनको लक्ष्य एपीएफले ६.५ ओभरमा विनाविकेट पूरा गर्‍यो ।

एपीएफका लागि ममता चौधरी २३ र राजमती ऐरी १४ रनमा अविजित रहिन् ।

पहिले ब्याटिङ गरेको बागमतीले पूरै १८ ओभर खेलेर ८ विकेटको क्षतिमा ४२ रन बनाएको थियो ।

बागमतीका लागि याशु पान्डे, साविका यादव र एली यादवले ८–८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

एपीएफका लागि सुमन विष्टले ३, रेखा रावल र बिनु बुढाले २–२ तथा कविता जोशीले १ विकेट लिइन् ।

अब अर्को खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved