सुप्रिम सहकारी ठगी

रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी

नेपालभ्युज

रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी
फाइल तस्वीर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।

न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासमा बहस जारी रहेको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित भएका थिए । बुधबार नै उनको बयान सकिएको थियो ।

थुनछेक बहस सकिएपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्नेमध्ये एउटा आदेश हुनेछ ।

रकम अपचलनमा प्रतिवादी बनाइएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई बुधबार पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मा लगाइएको थियो ।

सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved