महाराष्ट्र रेल दुर्घटना : मृत्यु हुनेमा तीन नेपाली पनि, मृतकको सङ्ख्या १२ पुग्यो

नेपालभ्युज

महाराष्ट्र रेल दुर्घटना : मृत्यु हुनेमा तीन नेपाली पनि, मृतकको सङ्ख्या १२ पुग्यो

काठमाडौं । भारतको महाराष्ट्रस्थित जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा परी मृत्यु हुनेमा तीन नेपाली नागरिक पनि रहेको पाइएकाे छ ।

ज्यान गुमाउने नेपालीमा १० वर्षीय नन्दराम विश्वकर्मा, २० वर्षीय लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिहीबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या १२ पुगेको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ ।

मृतकहरू नौ पुरुष र तीन महिला रहेका छन् । यद्यपि हालसम्म ६ जनाको मात्रै सनाखत भएको छ ।

यस्तै दुर्घटनामा परी कम्तीमा ४० जना घाइते भएको र चारको अवस्था गम्भीर रहेको बताइएको छ ।

लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसको रेल महाराष्ट्रको जलगाउँस्थित रेलवे ट्र्याकमा उभिएको थियो । एक यात्रुले आगो लागेको हुनसक्ने डरले चेन तानेका थिए । यसपछि रेल रोकियो । यसपछि ट्र्याकको अर्को छेउमा यात्रुहरू हाम फालेका थिए ।

त्यही क्रममा कर्नाटक एक्सप्रेस नाम अर्को रेल पुष्पकमा ठोक्कियो । यसले गर्दा दुर्घटना भएर मानवीय क्षति भएको हो । कर्नाटक एक्सप्रेस भने मनमाडबाट भुसावल जाँदै गरेको बताइएको छ ।

घाइतहरूको पचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

यसैबीच, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना, ११ जनाको मृत्यु

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved