महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना, ११ जनाको मृत्यु

नेपालभ्युज

महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्र स्थित जलगाउँमा बुधबार साँझ रेल दुर्घटना भएको छ ।

पाचोरा स्टेशन नजिकै माहेजी र पार्धाडे स्टेशनको बीचमा पुष्पक एक्सप्रेसमा आगलागी भएको अफवाह फैलिएपछि यो दुर्घटना भएको हो ।

भारतीय सञ्चार माध्यमकाअनुसार उक्त अफवाहको कारणले एक यात्रुले आपतकालीन चेन तानेपछि रेल रोकिँदा दुर्घटना भएको थियो ।

यात्रुहरू आतङ्कित हुँदै रेलबाट ओर्लने क्रममा अर्को ट्र्याकमा आइरहेको कर्नाटक एक्सप्रेसले धेरै यात्रुलाई किच्दा ११ यात्रुको मृत्यु भएको छ भने ४० घाइते छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved