सेयर बजारमा उछाल, कारोबार रकम नौ अर्बमाथि 

नेपालभ्युज

सेयर बजारमा उछाल, कारोबार रकम नौ अर्बमाथि 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा उछाल आएको छ ।

आज नेप्से परिसूचक ५२ दशमलव ३६ अङ्कले बढेर २६६५ दशमलव ४५ को विन्दुमा पुगेको छ ।

बुधबार ३२२ कम्पनीका ९० हजार ६९६ पटकको कारोबारमा १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब २० करोड ३० लाख ८८ हजार ३५० रुपैयाँ रहेको छ ।

१९६ कम्पनीको सेयर मूल्य बढ्दा ३६ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । कर्पोरेट डेभलपमेन्टका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा एनआरएन इन्फ्रास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved