काठमाडौं । चक्कु प्रहारबाट गम्भीर घाइते भएका बलिउड अभिनेता शेफअली खान अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
आक्रमणको पाँच दिनपछि मुम्बईको लीलावती अस्पतालबाट उनी मङ्गलबार डिस्चार्ज भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीमाथि आक्रमणलाई लिएर सुरक्षालगायत विभिन्न प्रश्न उठिरहेका छन् । यसबीच शिवसेना नेता सञ्जय निरुपमले खानमाथि भएको हमलालाई लिएर धेरै गम्भीर प्रश्न उठाएका छन् ।
निरुपमले घटनालाई शङ्कास्पद भनेका छन् र गम्भीर आक्रमणपछि खान छिटो निको भएकोमा आश्चर्यसमेत व्यक्त गरेका छन् ।
निरुपमले भने, ‘उहाँलाई साढे दुई इन्चको चक्कुले प्रहार गरिएको थियो र उनको शल्यक्रिया गर्नुपरेको थियो, तर चार दिनपछि शेफलाई अस्पतालबाट डिस्चार्ज गरियो । लगभग उफ्रदैँ आफ्नो घर फर्किए । केही नभएको छैन जस्तो गरेर । के यो यति छिटो रिकभर सम्भव छ ? हामी सबै शेफ चाँडै निको होस् भन्ने चाहन्छौं । जब हमला भयो, त्यसले पूरै मुम्बई शहरलाई प्रभावित गर्यो । सरकारको कार्यकुशलतामाथि प्रश्न उठेको छ ।’
शिव सेना नेताले अस्पतालको सीसीटीभी फुटेज उपलब्ध नभएकोमा पनि शङ्का व्यक्त गरे ।
शेफलाई भर्ना गर्दा उनी रगतले लतपतिएको अस्पतालको दाबी छ तर, उनी अस्पताल पुग्दाको सीसीटीभी फुटेज कहाँ छ ? यस्तो अवस्थामा एउटा सानो बच्चाले आफ्नो बुवालाई अस्पताल लैजान सक्छ ? शेफको घरमा आठ कर्मचारी काम गर्छन्, कसरी भयो उनीमाथि नै यति ठूलो हमला ?
सञ्जय निरुपमले पनि प्रहरी अनुसन्धानमा प्रश्न उठाउँदै सम्पूर्ण मामिलालाई शङ्कास्पद भनेका छन् ।
प्रहरी अनुसन्धानमा उठेका प्रश्न
सञ्जय निरुपमले भने, ‘प्रहरी अनुसन्धान पनि प्रश्नले घेरिएको छ । प्रहरीले घटनाको तीन दिनमा विभिन्न आरोपित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका एक अभियुक्त बङ्गलादेशी भएको दाबी गरिएको छ । प्रहरी अनुसन्धानमा पनि शङ्का उत्पन्न भएको छ । यस विषयमा स्पष्ट रूपमा छानबिन गरिनुपर्छ ताकि वास्तवमा के भयो थाहा पाउन सकियोस् । खानमाथि भएको हमलापछि देशको आर्थिक राजधानी मुम्बईको सुरक्षामाथि पनि प्रश्न उठेको छ ।’
विपक्षी दलका नेताहरुले शान्ति सुरक्षाको विषयमा महायुती सरकारलाई घेरा हाल्ने प्रयास गरेका छन् ।
यद्यपि मुख्यमन्त्री देवेन्द्र फडणवीसले आरोपलाई ठाडै अस्वीकार गरेका थिए र एउटा घटनाका कारण पूरै महाराष्ट्र वा मुम्बईलाई असुरक्षित भन्नु ठीक नभएको बताएका थिए ।
उल्लेखनीय छ कि जनवरी १६ मा एक व्यक्तिले मुम्बईको बान्द्रामा उनको घरमा प्रवेश गरे र शेफलाई छुरा आक्रमण गरे । यस हमलामा शेफ नराम्ररी घाइते भएका थिए र उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ उनको शल्यक्रिया गरिएको थियो ।
शेफमाथि हमला गरेको आरोपमा मोहम्मद शरीफुल शहजाद नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आरोपित बङ्गलादेशी नागरिक भएको र अवैध रुपमा भारत प्रवेश गरेको दाबी गरेको छ ।
शेफअलीमाथि आक्रमण गर्ने को हुन्, कसरी गरेका थिए हमला ?
५ हजार करोडका मालिक शेफअली : पटौदीका ‘छोटे नवाब’देखि बलिउड अभिनेतासम्म
Facebook Comment
Comment