पुटिनलाई ट्रम्पको चेतावनी – वार्ता गर्न तयार नभए रुसमाथिको प्रतिबन्ध बढ्न सक्छ

नेपालभ्युज

पुटिनलाई ट्रम्पको चेतावनी – वार्ता गर्न तयार नभए रुसमाथिको प्रतिबन्ध बढ्न सक्छ
फाइल तस्वीर ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति पुटिनलाई प्रतिबन्ध बढाउने चेतावनी दिएका छन् ।

युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभएमा रुसमाथिको अमेरिकी प्रतिबन्ध बढाउन सक्ने उनले चेतावनी दिएका हुन् ।

राष्ट्रपति पद सम्हालेपछि पत्रकार सम्मेलनमा यस विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् ।

ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग सम्पर्कमा रहेको र छिट्टै रुसी राष्ट्रपति पुटिनसँग पनि कुरा गर्ने बताएका छन् ।

सो अवसरमा ट्रम्पले अघिल्लो पटक पनि आफू राष्ट्रपति भएको भए रुस र युक्रेनबीच युद्ध नै नहुने दाबी गरे ।

पत्रकार सम्मेलनमा ट्रम्पले नेटो देशहरूले सुरक्षामा आफ्नो खर्च २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याउनुपर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved