रवि आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै

नेपालभ्युज

रवि आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि भैरहवा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (बुधबार) रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनको अभियोगमा जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।

सो अभियोगमा अदालतमा हाजिर हुन उनी मङ्गलबार बुद्ध एअरको विमानमार्फत त्यहाँ भैरहवा पुगेका थिए । आज आफैँ अदालतमा उपस्थित हुने लामिछानेको तयारी रहेको रास्वपा स्रोतले जनाएको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

रविसहित ७ जनालाई थुनामा राख्न माग गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved