प्रशिक्षार्थी डाक्टरको बलात्कार-हत्या प्रकरण : दोषी रोयलाई किन दिइएन मृत्युदण्ड ?

नेपालभ्युज

प्रशिक्षार्थी डाक्टरको बलात्कार-हत्या प्रकरण : दोषी रोयलाई किन दिइएन मृत्युदण्ड ?

काठमाडौं । कोलकाताको आरजी कार अस्पतालकी एक महिला प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या गरेको अभियोगमा सञ्जय रोयलाई अदालतले आजीवन काराबासको फैसला सुनाएको छ ।

यही सोमबार फैसला सुनाउँदै सियालदह अदालतका न्यायाधीश अनिर्बान दासले यो ‘रेरेस्ट अफ द रेयर’ केस नभएको बताएका छन् ।

‘रेरेस्ट अफ द रेयर’ भन्नाले अदालतले कसैलाई मृत्युदण्ड दिनसक्ने दुर्लभ केस हुन् ।

अदालतले रोयलाई एक लाख रुपैयाँ जरिवानासमेत गरेको छ । यति मात्र होइन, पीडित परिवारलाई १७ लाख रुपैयाँ क्षतिपूर्ति दिन पश्चिम बङ्गाल राज्य सरकारलाई निर्देशन दिएको छ ।

जब यो घटना गत अगस्टमा भयो, तब देशभर विरोध भएको थियो । कानूनी अड्चन पनि भयो । यो मुद्दाको सुनुवाइ कलकत्ता हाईकोर्टदेखि सर्वोच्च अदालतसम्म पुगेको थियो ।

तर, यो निर्णयपछि पनि कानूनी यात्रा टुङ्गिएको छैन ।

यसैबीच पश्चिम बङ्गाल सरकारले मङ्गलबार कलकत्ता उच्च अदालतमा यस निर्णयविरुद्ध अपील गरेको छ । राज्य सरकारले जन्मकैदलाई मृत्युदण्डमा परिणत गर्न माग गरेको छ ।

अर्कोतर्फ पीडित डाक्टरका अभिभावकले डिसेम्बरमा नै कलकत्ता उच्च अदालतमा याचिका दायर गरेका थिए । यस विषयमा पुनः छानबिन होस् भन्ने उनीहरु चाहन्छन् ।

त्यसैगरी सम्पूर्ण सुनुवाइमा रोयले आफू निर्दोष भएको दाबी गरेका छन् । फैसला सुनाउँदै न्यायाधीश दासले पनि रोयलाई यस फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने कानूनी अधिकार रहेको बताएका छन् ।

रोयलाई अदालतले कसरी दोषी ठहर गर्‍यो ?

गत शनिबार अदालतले रोयलाई भारतीय न्याय संहिता (बीएनएस)को विभिन्न धाराहरू अन्तर्गत दोषी ठहर गरेको थियो ।

जसमा बलात्कारको दफा ६४, हत्याको दफा १०३ (१) र बलात्कारको क्रममा हत्याको दफा ६६ समावेश छ । सोही आधारमा सोमबार अदालतले सजाय सुनाएको हो ।

यस घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले गरेको थियो । सीबीआईले आफ्नो आरोपपत्रमा धेरै प्रमाणहरू उल्लेख गरेको छ ।

घटनास्थलबाट रोयको कपाल र ब्लुटुथ हेडफोन भेटिएको सीबीआईले जनाएको छ । रोयको लुगा र जुत्तामा पनि पीडितको रगतको निशान भेटिएको थियो ।

यससँगै सीबीआईले यो पनि भन्यो – सीसीटीभी फुटेजमा रोय पीडितको शव भेटिएको सेमिनार कोठातर्फ जाँदै गरेको देखिन्छ ।

अर्कोतर्फ रोयले यी आरोपहरू अस्वीकार गर्दै आफू निर्दोष भएको बताए ।

प्रमाण हेर्दै अदालतले पीडितको घाँटी थिचेर हत्या गरेको जनाएको छ । उनी बलात्कृत भइन् । अदालतले यो पनि भन्यो – सीबीआईले पेस गरेको प्रमाणबाट रोयले अपराध गरेको स्पष्ट छ ।

न्यायाधीशले रोयविरुद्ध जतिसुकै प्रमाण फेला परेपनि त्यसलाई खण्डन गर्न नसकिने बताए । न्यायाधीशकाअनुसार यो सामूहिक बलात्कार हो भनेर भन्न पर्याप्त प्रमाण छ ।

अदालतले अरु के भन्यो ?

अदालतले फैसलामा प्रहरी र अस्पतालको व्यवहारको पनि आलोचना गरेको छ ।

अदालतले आरजी कार अस्पतालका प्रिन्सिपल र उपप्राचार्यलाई अस्पतालमा बलात्कार र हत्या भएको थाहा भएको बताएको छ । यस्तो अवस्थामा उनले तत्काल प्रहरीलाई किन खबर गरेनन् भन्ने खुलेको छैन ।

साथै, अदालतले यो मुद्दा दर्ता गर्न प्रहरीले ढिलाइ गरेको पनि बताएको छ ।

दुई प्रहरीको बयानका आधारमा अदालतले ‘अस्पताललाई नराम्रो असर नहोस् भन्नका लागि मृत्युलाई आत्महत्या जस्तो देखाउन खोजिएकोमा कुनै शङ्का छैन’ भनी टिप्पणी गरेको छ ।

न्यायाधीशले फैसलामा लेखेका छन्, “जुनियर डाक्टरहरूले विरोध गर्न थालेपछि यो ‘अवैध सपना’ पूरा हुन सकेन ।” तर, न्यायाधीशले यो पनि भने – सीबीआईको प्रमाणलाई हेर्दा यी सबै कुराले मुद्दामा असर नगरेको स्पष्ट हुन्छ ।

मृत्युदण्ड किन दिइएन ?

केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले रोयलाई मृत्युदण्ड दिन अदालतसँग माग गरेको थियो । तर, रोयका वकिलहरूले यस मुद्दामा उनलाई मृत्युदण्ड नभई आजीवन कारावासको सजाय दिनुपर्ने माग गरेका थिए ।

हत्याको मुद्दामा न्यूनतम सजाय आजीवन कारावास हुन सक्छ ।

अदालतले दुवै पक्षको कुरा सुनेर यो निकै गम्भीर र क्रूर अपराध भएको बताएको थियो । रोयले अपराध गरेको प्रष्ट छ । तर, यो अपराध ‘रेरेस्ट अफ द रेयर’ को श्रेणीमा नपरेको न्यायाधीश बताउँछन् ।

सर्वोच्च अदालतका केही फैसलालाई उद्धृत गर्दै न्यायाधीशले केही असाधारण अवस्थामा मात्रै मृत्युदण्ड दिनुपर्ने बताए ।

उनले यस्ता गम्भीर घटनामा पनि ‘सुधारात्मक न्याय’ अर्थात् दोषीलाई सुधार्ने प्रयास गर्ने न्याय हुनुपर्ने बताए । यसका साथै उनले निर्णय दिँदा ‘मानव जीवनको पवित्रता’जस्ता सिद्धान्तलाई ध्यानमा राख्नुपर्ने बताए ।

अदालतले आफ्नो निर्णयमा भन्यो – “हाम्रो कर्तव्य क्रूरतालाई क्रूरतासँग लड्नु होइन, तर बुद्धि र न्यायको गहिरो समझद्वारा मानवताको उत्थान गर्नु हो ।” यसो भन्दै अदालतले रोयलाई एक लाख रुपैयाँ जरिवाना र जन्मकैदको सजाय सुनाएको हो ।

अब के हुने हो ?

आफ्नो फैसलामा न्यायाधीश दासले रोयसँग यस निर्णयविरुद्ध अपिल गर्ने कानूनी अधिकार रहेको बताए ।

योसँगै धेरैले सीबीआईलाई मृत्युदण्डको माग गर्दै यस निर्णयविरुद्ध अपिल गर्नुपर्ने पनि माग गरेका छन् । तर, पश्चिम बङ्गाल सरकारले यस सम्बन्धमा पुनरावेदन दायर गरेको छ ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता सिद्धार्थ लुथराले भने , “सीबीआई वा पीडितको परिवारले मृत्युदण्डको माग गर्दै उच्च अदालतमा अपील गर्न सक्छन् । साथै, जो दोषी छन्, उनीहरूले पनि सजायको विरुद्धमा पुनरावेदन गर्न सक्छन् । यो विषय कसरी अगाडि बढ्छ हेर्न बाँकी छ ।”

डिसेम्बरमा नै पीडित परिवारले उच्च अदालतमा निवेदन दिएका थिए । यसमा उनीहरुले सीबीआईको अनुसन्धानमा धेरै प्रश्न उठाएका छन् । यो घटनामा अरु धेरैको संलग्नता रहेको परिवारको भनाइ छ ।

उनले आफ्नो निवेदनमा लेखेका छन्, ”सञ्जय रोय मात्र दोषी ठहरिएर बाँकी सबै निर्दोष हुने गरी यो पूरै मुद्दा चलाइएको सम्पूर्ण अनुसन्धानबाट स्पष्ट भएको छ । यस प्रकरणको उच्च अदालतको निगरानीमा छानबिन हुनुपर्ने माग गरेका छन् ।”

यसैबीच डिसेम्बर २४ मा उच्च अदालतले यस मुद्दाको अनुसन्धानका केही पक्षहरू पनि सर्वोच्चमा विचाराधीन रहेको बताएको छ ।

त्यसैले उच्च अदालतले यो निवेदनको सुनुवाइ गर्न मिल्छ वा नपाउने भन्ने विषयमा सर्वोच्चबाट स्पष्टीकरण माग गर्न उनले निवेदकहरुलाई आग्रह गरेका छन् ।

त्यसपछि पीडित परिवारले सर्वोच्चमा निवेदन दिएका छन् । यस निवेदनको सुनुवाई जनवरी २२ मा हुने सम्भावना छ ।

-बीबीसीबाट

सम्बन्धित सामग्री-

कोलकाता बलात्कार-हत्या प्रकरण : अन्तिम कलमा ‘मेरो चिन्ता गर्नुपर्दैन’ भनेकी छोरी सधैँका लागि अस्ताइन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved