सनसिल्क भाइब्स सिजन चारका विजेताहरू घोषित

नेपालभ्युज

सनसिल्क भाइब्स सिजन चारका विजेताहरू घोषित

काठमाडौं । सनसिल्क भाइब्स सिजन चारका विजेताहरू घोषणा गरिएको छ । विजेता हुनेहरूमा आकृति अर्याल, मनीषा लामा, र सुहाना ठाकुर रहेका छन् । उनीहरूले १००,००० रुपैयाँ प्राप्त गरेका छन् ।

युनिलिभरको ब्रान्ड ‘सनसिल्क दशैं भाइब्स’ अभियानको तीन वर्षको लगातार सफलतापछि सनसिल्कले आफ्नो यस पहललाई नयाँ उचाइमा लागेको थियो ।

यस वर्ष अभियानलाई “सनसिल्क भाइब्स” को रूपमा पुनः परिकल्पना गरी चाडपर्वको सिजन मात्र नभई दैनिक जीवनको सार मनाउनको लागि पहुँच हुने गरी यसको दायरालाई फराकिलो पारेको बताइएको छ  ।

यस अभियानले सहभागीहरूलाई हयेरस्टाइलहरू ‘टाईमलेस क्लासिक्सदेखि बोल्ड, कन्टेम्पोररी लुकसम्म’ अन्वेषण र आफ्नो अनुभव सेयर गर्न आमन्त्रित गरेको थियो ।

यो वर्ष, नेपालभरिका सहभागीहरूले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा सेयर गरे जसले उनीहरूको प्लेफुल, स्लीक, फेस्टिभ र बोल्ड हेयरस्टाइलहरू देखाएको थियो ।

साउन्डट्र्याकको रूपमा एक आकर्षक “सनसिल्क भाइब्स” गानको साथ सहभागीहरूले आफ्नो कपालको स्टाइल मात्र होइन आफ्नो व्यक्तिगत कथाहरूको प्रदर्शन पनि गरेका थिए ।

यस वर्षको सनसिल्क भाइब्स अभियानले विभिन्न प्लेटफर्महरूमा २२.९ मिलियन भ्यूजहरू उत्पन्न गर्दै नयाँ उचाइ लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved