ट्रम्पले शपथलगत्तै पुटिनसँग फोनवार्ता गर्ने

नेपालभ्युज

ट्रम्पले शपथलगत्तै पुटिनसँग फोनवार्ता गर्ने

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो टोलीलाई रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोन वार्ताको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

रुसी समाचार एजेन्सी टासले यसबारे जानकारी दिएको हो ।

टासकाअनुसार स्रोतहरूलाई उद्धृत गर्दै सीएनएनले नवनिर्वाचित राष्ट्रपति ट्रम्पले जनवरी २० मा आफ्नो शपथ ग्रहण समारोहपछिको पहिलो दिन आफ्नो टिमलाई रुसी राष्ट्रपति पुटिनसँग फोन कलको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

वार्ताको एउटा लक्ष्य युक्रेनमा द्वन्द्व अन्त्य गर्ने प्रयास गर्न आउँदो महिनाहरूमा व्यक्तिगत बैठकमा छलफल गर्ने हुनसक्नेछ ।

ट्रम्पले जनवरी ७ मा आफू राष्ट्रपति बनेसँगै युक्रेन र रुसबीचको युद्ध अन्त्य हुने बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved