एकीकृत समाजवादी ३२ लाख घाटामा

नेपालभ्युज

एकीकृत समाजवादी ३२ लाख घाटामा

काठमाडौं । नेकपा एकीकृत समाजवादी घाटामा चलिरहेको छ ।

वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार पार्टी ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा छ ।

आर्थिक वर्ष ०८०/०८१ को आयव्ययको लेखापरीक्षण प्रतिवेदनअनुसार पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ ।

गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएको छ । त्यस्तै, खर्चतर्फ ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ खर्च भएको छ ।

चालु वर्षमा पार्टी ३२ लाख ८७ हजार १६४ रूपैयाँ पार्टी घाटामा रहेको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved